Sajhamanch Archive

बालुवाटारमा ओली-प्रचण्डबीच भेटवार्ता

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका ओलीसँग प्रचण्डको यसबीचमा ६ दिन संवाद भएको थिएन । गत बुधबार साँझको भेट तिक्तापूर्ण रूपमा अन्त्य भएपछि मङ्गलबार उनीहरूबीच संवाद भएको हो ।

आज उनीहरूबीच करिब डेढ घण्टा कुराकानी भएको बताएको छ । उनीहरूबीच पछिल्लो समय के विषयमा सहमति खोज्ने प्रयास भइरहेको छ भन्ने खुलेको छैन । यसबीच दोस्रो तहका नेताहरू सहमतिको साझा विन्दुको खोजी गरिरहेको पनि बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *