Sajhamanch Archive

कोरोना संक्रमितको संख्या एक करोड ३२ लाख नाघ्यो

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by .

एजेन्सी । कोरोना संक्रमितको संख्या विश्वमा एक करोड ३२ लाख ५९ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ३२ लाख ५९ हजार २०२ पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका दोस्रो नम्बरमा ब्राजिल छ भने तश्रो नम्बरमा छिमेकी देश भारत रहेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ७६ हजार १५ पुगेको छ भने कोरोना जितेर ७७ लाख २६ हजार २९८ जना डिस्चार्ज भएका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१५ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *