Sajhamanch Archive

कुन प्रदेशमा कति छन् कोरोना संक्रमित ?

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by .

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ। डिस्चार्ज हुनेको संख्या भने १० हजार ३२८ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश १ मा अहिलेसम्म ७७५ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै क्वारेन्टिनमा ३ हजार १४३ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा नौं जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेश २ मा चार हजार ३ सय ९२ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै क्वारेन्टिनमा ३ हजार १०६ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना पुष्टि भएको छ। यो प्रदेशमा चार जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्।

त्यसैगरी बागमती प्रदेशमा ८ सय २१ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै क्वारेन्टिनमा १ हजार ९८८ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा सात जनामा कोरोना पुष्टि भएको छ । बागमतीमा मात्र कोरोनाले नौं जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी गण्डकी प्रदेशमा १ हजार २७८ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै क्वारेन्टिनमा ३ हजार ९१३ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा चार जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेशमा कोरोनाकै कारण पाँच जनाले ज्यान गुमाएका छन् ।

प्रदेश ५ मा अहिलेसम्म चार हजार ९२ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै क्वारेन्टिनमा ४ हजार ५२६ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा २१ जनामा संक्रमण पुष्टि भएको यो प्रदेशमा १० जनाले ज्यान गुमाएका छन्।

यस्तै, कर्णाली प्रदेशमा संक्रमितको संख्या १७ सय ४७ पुगेको छ। त्यस्तै क्वारेन्टिनमा १ हजार ८२१ जना रहेका छन् भने यो प्रदेशमा पछिल्लो २४ घण्टामा ११ जनामा संक्रमण देखिएको छ। अहिलेसम्म चार जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा भने अहिलेसम्म तीन हजार ९ सय ५६ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै क्वारेन्टिनमा ६ हजार २१९ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा २० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।कोरोनाकै कारण ६ जनाले ज्यान गुमाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *