Sajhamanch Archive

चार पटक परीक्षा दिँदा समेत स्टाफ काेर्स पास गरेनन् सशस्त्रका एसपीले

Published: (Updated: ) in मिडियाबाट साभार by .

काठमाडौं । शस्त्र प्रहरी बल नेपालको एपीएफ कमान्ड तथा स्टाफ कोर्षको प्रवेश परीक्षामा दुई जना उपरीक्षक (एसपी)अनुत्तीर्ण भएका छन् ।

अनुत्तीर्णसँगै उनीहरुको स्टाफ कोर्ष यात्रामा पूर्णविराम लागेको छ । बढुवालगायत अन्य वृत्तिविकासमा समेत उनीहरु अब निकै पछि पर्नेछन्। सशस्त्र प्रहरी उपरीक्षकद्वय कृष्ण ढकाल र मनिष थापाको स्टाफ कोर्ष यात्रामा पूर्णविराम लागेको हो। ढकाल सिसुका मोरङ र थापा सिसुका रौतहटका प्रमुखका रुपमा कार्यरत छन् ।

सिसं १ कै विनोद श्रेष्ठ र प्रकाश थापाको स्टाफ कलेज यात्रामा पनि ‘ब्रेक’ लागिसकेको छ। सशस्त्रमा तीन पटक स्टाफ कोर्षको प्रवेश परीक्षा दिन पाउने व्यवस्था भएपनि अन्तिम पटक भन्दै मनिषलाई चौथो पटकका लागि मौका दिइएको थियो। तर, लगातार चौथो पटक परीक्षा दिँदा पनि वृत्तिविकासका लागि फलामे ढोका मानिएको स्टाफ कोर्षको प्रवेश परीक्षामै उनी उत्तीर्ण हुन् सकेनन् । स्टाफ कलेज अध्ययन गर्न नसक्ने उनीहरु अब बढीमा एसएसपी मात्रै बन्न सक्नेछन् ।

सशस्त्रमा डीआईजीका लागि स्टाफ कोर्ष गरेकै हुनुपर्छ। स्टाफ कलेज उत्तीर्ण गरेकालाई स्नातकोत्तरको मान्यता दिइएको छ। सिसं १ का सबै ९ जना गत जेठमा एसपीमा बढुवा भएका थिए। बढुवा गर्दा स्टाफ कलेज उत्तीर्ण गरेका पाँच जनापछि मात्रै स्टाफ कलेज नगरेकाको नाम राखिएको थियो। चौथो समुहको यो प्रवेश परीक्षामा दुई एसपी र २८ नायव उपरीक्षक (डीएसपी) सहित ३० जनाले परीक्षा दिएका थिए। परीक्षामा १२ जना मात्र उत्तीर्ण भएका छन् ।
राजधानी दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *