Sajhamanch Archive

रेलको विवादित ठेक्काबारे मन्त्री नेम्वाङ भन्छन्- बुझ्दैछौं

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले कानून विपरित देखिए रेल विभागले अघि बढाएको काँकडभिट्टा-इनरुवा खण्डको रेल्वे ट्रयाक निर्माणको ठेक्का प्रक्रिया रोक्ने संकेत गरेका छन् ।

उनले विभागले निकालेको टेन्डरमा प्रतिस्पर्धा सीमित हुने गरी मिलेमतो भएकोबारे मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै बोलपत्रबारे उठेका प्रश्नलाई नजिकबाट हेरिरहेको बताए ।

 मन्त्री नेम्वाङले आफूलाई यस विषयमा ठोस रुपमा भने कतैबाट उजुरी र गुनासो नआएको बताए । सञ्चारमध्यममा आएका खबरका आधारमा यस विषयमा सम्बन्धित विभागलाई सोध्ने काम भइरहेको बताए ।

‘मैले सरोकारवाला निकायसँग यसबारे चासो राखेको छु,’ नेम्वाङले भने,’ठेक्का लगाउने काम विभागले नै गर्ने हो, कानूनले तोकेका काम, कर्तब्य र अधिकार छन्, त्यसलाई मिचिएको रहेछ भने नीतिगत निर्णयमार्फत सच्याउन निर्देशन दिन्छौं ।’

मन्त्री नेम्वाङले यस विषयमा कतैबाट मन्त्रालयमा लिखित उजुरी र गुनासो भने नआएको बताए । विकासको काम रोक्ने पक्षमा मन्त्रालय नभएपनि अनियमितता हुने अवस्था आए आवश्यक कदम चाल्न पछि नहट्ने मन्त्री नेम्वाङले बताए ।

‘अख्तियार दुरुपयोग गरेर अनियमितता हुँदैछ भने हेर्ने अरु निकाय पनि छन्,’ उनले भने,’त्यता पनि यी विषय जालान्, हामी पनि कानून, नियम, विधि र परम्परासंगत ढंगबाट काम भएको छ छैन भन्ने हामी पनि हेर्दैछौं ।’

                                                                                                स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *