Sajhamanch Archive

खोलाले बगाएर बेपत्ता ऋषिदेव मृत फेला

Published: (Updated: ) in समाज by .

मोरङ । मोरङको रतुवामाई नगरपालिका वडा नं.३ चौकीघाटबाट रतुवा खोला तर्ने क्रममा बेपत्ता भएका रतुवामाई नगरपालिका वडा नं.७ का २४ बर्षीय अरुण ऋषिदेव मृत फेला परेका छन् ।

गत सोमवार दिउँसो सवा ३ बजेको समयमा खोला तर्ने क्रममा अचानक बगाएर बेपत्ता भएका ऋषिदेवलाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको समेत सहयोगमा खोजतलास गर्ने क्रममा आज दिउँसो ३ बजे फेला पारेको हो ।

बगाएको स्थान भन्दा करिव ३ किलोमिटर तल सोही खोलाको किनारामा कम्मर भन्दा मुनी बालुवामा पुरिएको अवस्थामा मृत भेटिएको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *