Sajhamanch Archive

राष्ट्रपतिसमक्ष महालेखा प्रतिवेदन पेश

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । महालेखापरीक्षकको कार्यालयको सन्ताउन्नौं वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । महालेखापरीक्षक टंकमणि शर्मा दंगालले आज आर्थिक वर्ष २०७५/०७६ को प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाएका हुन् ।

राष्ट्रपति भण्डारीले महालेखाको प्रतिवेदन सुशासन, पारदर्शिता कायम र फजुल खर्च नियन्त्रणका लागि महत्वपूर्ण भएको धारणा राखेकी थिइन् । समग्र आर्थिक विकासका लागि आर्थिक अनुशासन अपरिहार्य भएको भण्डारीको भनाई थियो ।

कानुन अनुसार पुर्‍याउनुपर्ने रीत नपुर्‍याई कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले गरिएको आर्थिक कारोबार वेरुजुमा पर्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *