Sajhamanch Archive

प्रदेश १ सहित पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

Published: in प्रदेश तह, समाज by .

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशभर आँशिक देखि सामान्य बदली रहने र केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *