Sajhamanch Archive

आर्सनलले लिभरपुललाई हरायो

Published: in खेलकुद by .

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको च्याम्पियन लिभरपुल आर्सनलसँग पराजित भएको छ । बुधबार राति आर्सनलको घरेलु मैदानमा भएको खेलमा लिभरपुल २-१ गोलले पराजित भएको हो ।

खेलमा अग्रता भने लिभरपुलले लिएको थियो । खेलको २० औं मिनेटमा साडियो मानेले गोल गर्दै पाहुना टोली लिभरपुललाई अग्रता दिलाएका थिए । एन्ड्रे रोबर्टसनको पासमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता धेरै बेर टिक्न सकेन । ३२ औं मिनेटमा आर्सनलका एलेक्जेन्डर लाकाजेटले गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यस्तै पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा निल्सनले गोल गर्दै आर्सनललाई २-१ गोलको अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा दुवै टिमले गोल गर्न सकेनन र   आर्सनलसँग लिभरपुल २-१ ले पराजित भयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *