कनकाईको समाजवाद उन्मुख बजेट, विभिन्न शीर्षकमा यसरी छुट्याइयो
Published: (Updated: )
by .कनकाई । झापाको कनकाई नगरपालिकाले २०७७÷७८ का लागि ७४ करोड ३७ लाख ५२ हजार बराबरको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको हो ।
नगरपालिककी उपमेयर मन्जु प्रसाईले ०७७÷७८ कालागि बजेट प्रस्तुत गरेकी हुन् ।
जसमध्ये १५ करोड रुपैँया सामाजिक सुरक्षा भक्तामा खर्च हुने नगरपालिकाले जनाएको छ । संघिय सरकारको तर्फबाट १३ करोड २३ लाख रुपैँया र प्रदेश सरकारबाट ७३ लाख २२ हजार कुल गरि १३ करोड ९६ लाख २२ हजार रुपैँया बजेट बिनियोजन गरिएको छ । नगरपालिकाले आन्तरिक आयवाटै ६ करोड ६७ लाख ७० हजार रुपैँया संकलन गर्ने लक्ष्य राखेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारणले पर्यटन क्षेत्र धारासायी भएको अवस्थामा पटर्यटनसँग जोडिएको स्थानमा काम गर्न दातृ निकाय वा विभिन्न संघ संस्थासँग समन्वय गरेर अघि बढ्ने नगरपालिकाको योजना छ ।
सबै सामुदायिक विद्यालयहरुमा सिसि टिभी जडानका लागि समेत १२ लाख रुपैँया बजेट बिनियोजन गरिएको छ । नगरपालिका भित्र प्राविधिक विद्यालय समेत संचालनमा आएको छ जसमा अध्यानरत् विद्यार्थीहरुलाई समेत छात्रवृत्ति प्रदान गर्नका लागि छुट्टै बजेटको व्यावस्थापन गरिएको छ । सामुदायिक विद्यालयमा करेसावारी, फुलवारी निर्माणका लागि समेत १२ लाख रुपैँया विनियोजन गरिएको छ ।
नगरपालिकाले कृषि उत्पादनलाई प्राथमिकतामा राख्दै १ करोड ५० लाख रुपैँया रकम बिनियोजन गरेको छ । कृषिमा सिँचाई गह्रा सुधार, माटो परीक्षण, कृषि सामाग्री खरिद, कृषिमा लाग्ने किरा रोकथाम र कृषि सँग सम्बन्धित सबैको कामका लागि सो रकम खर्च गर्ने गरिने नगरपालिकाले जनाएको छ ।
नगरभित्रका सबै कक्षा ५ सम्मका विद्यार्थीहरुलाई पोशाक, दिवा खाजाको व्यावस्था, झोला, सबै शिक्षकहरुका लागि तालिमको व्यावस्था गरिएको छ भने कक्षा ११ र १२ का विद्यार्थीका लागि समेत छात्रवृत्तिको व्यवस्थाका लागि शिक्षामा नगरपालिकाले १ करोड ४० लाख बजेट बिनियोजन गरेको छ ।
कार्यक्रममा गरिब परिवारलाई सामेल गराउनका लागि १७ लाख, निशुल्क बितरणका लागि अपुग औषधि खरिदका लागि ८ लाख, नगरपालिकाभित्र राख्न एक थान एम्बुलेन्स खरिदका लागि १५ लाख रुपैँया लगायात बिनियोजन गरिएको छ ।
खेलकुदमा समेत यस नगरपालिकाले ५० लाख रुपैँया बिनियोजन गरेको छ भने लक्षित बर्गमा उपमेयर सुत्केरी पोषण कार्यक्रममा ७ लाख रुपैया बिनियोजन गरेको छ ।
नगरपालिकाले समाजवाद उन्मुख बजेट बनाउने लक्ष्यका साथ मेयर आवाश योजनामा यस बर्ष अघिल्ला बर्षको बजेटलाई निरन्तता दिनेक्रममा २ करोड रुपैँया बिनियोजन गरेको छ ।
नगरपालिकाले आफ्नो आन्तरिक आय बढाउने योजना र नगरलाई व्यावस्थित सहर बनाउनका लाग कनकाई सुरुङ्गा बजारमा बहुउपयोगी व्यावसायिक भवन बनाउनका लागि समेत १ करोड ६५ लाख रुपैँया बजेट बिनियोजन गरेको छ ।
नगरपालिकामा रहेका भुमिहिन कृषकको तथ्याङ्ग संकलन गरि धनीपुर्जा वितरणका लागि समेत ५० लाख रुपैँया बजेट कनकाई नगरपालिकाले बिनियोजन गरेको छ । कोरोना महामारी लगायातको विपतमा विपत व्यावस्थापनमा नगरले यसबर्ष ५० लाख रुपैँया बिनियोजन गरेको छ भने नदि नियन्त्रणमा १ करोड गरेका नगरपालिकाले जनाएको छ।
Comments