Sajhamanch Archive

यातायात कार्यालय बिर्तामोड : टोकन लिने भन्दा च्यानल मिलाउने बढी

Published: in समाज by .

झापा । यातायात व्यवस्था कार्यालय बिर्तामोडले कार्यालयको सेवा प्रवाहलाई व्यवस्थित गर्न नसक्दा अस्तव्यस्त बन्न पुग्दा कोरोना संक्रमण जोखिम बढेको छ ।

बन्दाबन्दी खुकुलो भएपछि असार पहिलो हप्ताबाट सेवा प्रवाह गर्न थालेको सो कार्यालयले अनलाइनमार्फत राजश्व संकलन नगर्दा कार्यालयमै राजश्व तिर्नुपर्ने बाध्यताले सेवाग्राहीको भीड लाग्न थाले पनि व्यवस्थापनमा उचित प्रबन्ध नहुँदा अस्तव्यस्त अवस्थाले कोरोना संक्रमण जोखिम बढाएको हो ।

कर तिर्न यातायात कार्यालयपरिसरमा दैनिक हजारौं सर्वसाधारणको भीड लाग्ने गरेपनि बुधवार यो आर्थिक वर्षको अन्तिम दिन भएकाले कर तिर्न आउनेको भीड अत्यधिक थियो ।

असारको अन्तिम दिन बिहान ४ बजेदेखि लाइनमा बसेका सेवाग्राहीले समेत राजश्व तिर्न पाएनन् । कार्यालयले ४ सय सेवाग्राहीलाई सेवा दिने भन्दै टोकन वितरण गरेको भए पनि टोकन लिने भन्दा च्यानल मिलाउनेले बढी सेवा पाएको राजश्व तिर्न नपाएका सेवाग्राहीको गुनासो छ ।

कतिपय सर्वसाधारणले जोखिम बढाउन सरकारी संयन्त्रलेनै भूमिका खेलेको भन्दै आक्रोश पोखेका छन् । कर तिर्न बाध्यपार्ने तर स्वास्थ्य सुरक्षाको प्रवन्ध नमिलाउने सरकारको लापरवाहीले त्रास बढेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *