Sajhamanch Archive

बाह्रदशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाहाल निलम्बित

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज, स्थानीय तह by .

झापा । झापाको बाह्रदशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद दाहाल निलम्बित भएका छन् ।

अनियमितताको आरोपमा प्रमुख प्रशासकीय अधिकृत दाहाल निलम्वित भएका हुन् । सप्तरीको सप्तकोशी नगरपालिकामा कार्यरत रहँदा अनियमितता गरेको आरोपमा बिशेष अदालतमा आरोपपत्र दायर भएपछि प्रमुख प्रशासकीय अधिकृत निलम्बित भएको बताइएको छ । सप्तकोशी नगरपालिका वडा नं. २ स्थित सिद्धिपुर चोक– सखुवनी रोड निर्माणमा मापदण्डविपरीत गुणस्तरहीन काम गरी कार्यकारी अधिकृत दाहाल र प्राविधिकसमेतको मिलेमतोमा अनियमितता गरेको भन्ने व्यहोराको उजुरी अख्तियारले दुरुपयोग अनुसन्धान आयोगमा परेको हो ।

त्यस सम्बन्धमा अनुसन्धान हुँदा ६ जना व्यक्तिहरुले भ्रष्टाचारजन्य कसुर गरेको प्रमाणित हुन आएकोले देहाय बमोजिम सजाय हुन मागदाबी लिइएको आयोगले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवत्ता प्रदीपकुमार कोइरालाद्घारा जारी विज्ञप्तिमा सप्तकोशी नगरपालिकाका तत्कालीन निमित्त कार्यकारी अधिकृत दाहाल, इन्जिनियर सुदिप चौधरी र सव–इन्जिनियर रामकान्त चौधरीले सार्वजनिक खरिद ऐन र नियमावलीविपरीत कानूनी प्रकृया छली सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को प्रावधानको गलत व्याख्या गरी नगरपालिकाबाट गरिने चौध लाख उनान्सय हजार चार सय चौवन्न रुपैयाँको कामलाई आफ्नै एकल बोर्डको निर्णय गरी ३ भाग लगाई कोटेशनमार्फत ३ वटा निर्माण व्यवसायीलाई दिएको र ३ वटै निर्माण व्यवसायीहरुले नगरपालिकासँग गरेको सम्झौताविपरीत लागत इष्टिमेटबमोजिम कार्य सम्पन्न नगरी गुणस्तरहीन कार्य गरेको अवस्थामा नगरपालिकाका सवइन्जिनियर चौधरी र इन्जिनियर चौधरीले लागत इष्टिमेटबमोजिम कार्य सम्पन्न भैसकेको भनी झुठ्ठा प्रतिवेदन तयार गरी पेश गरेको र निमित्त कार्यकारी अधिकृत दाहालले सोही प्रतिवेदनलाई स्वीकृत गरी सम्झौताबमोजिमको रकम निर्माण व्यवसायीहरुलाई भुक्तानी दिएको भनिएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय खण्ड (ग) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी हानी नोक्सानीको बिगो चौध लाख सन्तानब्बे हजार नौ सय बहत्तर रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम असुल उपर गरी पाउन मागदाबी लिइएको आयोगले जनाएको छ ।

http://www.ciaa.gov.np/pressrelease/1786?fbclid=IwAR1CN-0-0Fii6-FVS7efadlBfs_1c5JuvJDv8zHSKF1OIQUiYVArI4MRDb0

दाहाल गत असोजमा तेह्रथुमबाट सरुवा भएर बाह्रदशी गउँपालिका आएका थिए । गाउँपालिकाको गाउँसभा चलिरहेका बेला उनलाई निलम्बन गर्नुपरेको बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए। दाहाललाई निलम्बन गरिएपछि गाउँपालिकाले शिक्षा शाखा प्रमुख ज्ञानबहादुर पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष राजवंशीले बताए ।

                                                                                                                 स्रोत पूर्वाञ्चल दैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *