Sajhamanch Archive

लियो क्लब अफ शिवसताक्षीद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । शिवसताक्षीको लियो क्लब अफ शिवसताक्षीले इलाका प्रहरी कार्यालय झिलझिलेलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै क्लबले इलाका प्रहरी कार्यालय झिलझिलेका अग्रभागमा रहेर सुरक्षा दिइने प्रहरीका लागि स्वास्थ्य समाग्री प्रदान गरेको हो ।

अग्रभागमा रहेर काम गर्ने सुरक्षा कर्मीलाई कोरोना संक्रमणको जोखिमको बेला मनोबल उच्च बनाउनका लागि सेनेटाइजर र माक्स वितरण गरिएको लियो क्लव अफ शिवसताक्षीका चार्टर प्रेसिडेन्ड सुजन भण्डारीले जानकारी दिए ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै प्रहरी निरिक्षक एबम इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख ठाकुरले लियो क्बल अफ शिबसताक्षीलाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *