कम्तीमा एक महिनाको भाडा छुट गरिदिन कनकाई बाणिज्य संघको आग्रह
Published: (Updated: )
by .कनकाई । झापाको कनकाई नगरपालिका क्षेत्रमा भाडामा बस्नुहुनेहरुलाई घरभाडा छुट गरिदिन कनकाई उद्योग बाणिज्य संघले घरधनीहरुलाई आग्रह गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रणको जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउनको समयको कम्तिमा एक महिनाको भाडा छुट गर्न वाणिज्य संघले आग्रह गरेको हो ।
संघको बुधबार बसेको बैठकबाट कनकाई उद्योग बाणिज्य संघको क्षेत्रभित्र रहेको सुरुङ्गा, दुर्गापुर, लक्ष्मीपुर , घैलाडुब्बा, शरणामती, कामाटोली, झापा बजार लगायानका सबै क्षेत्रमा आफ्ना पसल तथा घरभाडामा लिनेहरुलाई घरभाडा कोरोना संकटका कारण पसल बन्द गर्नू परेको भन्दै व्यापारीहरुको मार्कालाई बुझि कम्तिमा एक महिनाको घर भाडा छुट गरिदिन अनुरोध गरेको कनकाई उद्योग बाणिज्य संघका महासचिव तुलसी बिमलीले बताए ।
यस अघी नै केही घरधनीहरुले बजार बन्द हुँदा व्यपारीहरु मार्कामा परेको भन्दै घरभाडा छुट गरिदिएका थिए ।
Comments