Sajhamanch Archive

८१ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । देशैभर अघिल्ला वर्ष भन्दा निकै छिटो रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार असार मसान्तसम्म देशभर कुल रोपाइँयोग्य जमिनको ८१.५८ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भएको छ ।

अघिल्लो वर्ष असार मसान्तसम्म ४०.४९ प्रतिशत भूभागमा रोपाइ भएको थियो । कुल १३ लाख ७१ हजार ०६ हेक्टर रोपाइँ योग्य जमिनमध्ये ११ लाख १९ हजार ९१ हेक्टर जमिनमा रोपाइँ सकिएको मन्त्रालयका प्रवक्ता एवम् सहसचिव डा.हरिबहादुर केसीले बताए ।

अघिल्लो वर्ष असार मसान्तसम्म ५ लाख ५५ हजार ४ सय हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको थियो । यस वर्ष उच्च पहाडमा ७४.७६, मध्य पहाडमा ७५.१२ तथा तराईमा ८४.२१ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ को रोपाइँ सकिने चरणमा पुगेको छ । सुदूरपश्चिम प्रदेशमा ९१.८६ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको छ । कर्णालीमा ८६.८४, प्रदेश ५ मा ८६.६०, गण्डकी प्रदेशमा ८३.६९, बागमतीमा ७२.१०, प्रदेश २ मा ८३.४१ र प्रदेश १ मा ६९.९१ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *