Sajhamanch Archive

कोरोना परीक्षण गर्न हिजो अनुमति, आज रद्द !

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चलाखी गर्दै दुई निजी अस्पताललाई शुल्क लिएर परीक्षण गर्न दिएको अनुमति फिर्ता गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निजी प्रयोगशालाको नाम उल्लेख गर्दा गल्ती भएको भन्दै क्षमा मागेका छन्।

‘हिजो पिसिआर गर्ने निजी प्रयोशालाको नाम उल्लेख गर्दा स्टार अस्पताल र काठमाडौं मेडिकल कलेज हुनुपर्नेमा अन्य दुई अस्पतालको नाम उल्लेख भएको विषयमा क्षमाप्राथी छु,’ उनले भने।

प्रवक्ता गौतमले यसअघि नै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र स्टार अस्पताललाई शुल्क लिएर परीक्षण गर्न अनुमति दिइएको जानकारी गराइसकेका थिए।

बुधबारको प्रेस ब्रिफिङमा उनले स्टार र काठमाडौं मेडिकल कलेजमा शुल्क लिएर परीक्षण गर्ने सेवा थप गरेको र त्यसमा अन्य दुईटा ल्याबलाई पनि अनुमति प्रदान गरिएको बताएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *