Sajhamanch Archive

प्रदेश १ मा ३३ जना कोरोना संक्रमित थपिए

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा बिहीबार ३३ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार ओखलढुंगामा १५, इलाममा ६, झापा र सुनसरीमा ४-४, मोरङमा ३ र उदयपुरमा एकजनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार ओखलढुङ्गाको मानेभन्ज्याङ १५ जना पुरुष, इलामको इलाम नगरपालिकामा ६ पुरुष, सुनसरीको इटहरी र कोशी गाउँपालिकामा दुई -दुई पुरुष, झापाको भद्रपुरमा दुई महिला, मेचीनगरमा एक महिला, कन्काइमा एक पुरुष, विराटनगरमा दुई महिला, एक पुरुष र उदयपुरको त्रियुगामा एक जना पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ सय ११ पुगेको छ ।

प्रदेश १ बाट आजै १४ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत चार महिला र १० पुरुष डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ७ सय ४४ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *