Sajhamanch Archive

रियल म्याड्रिड बन्यो स्पेनिस ला लिगा च्याम्पियन !

Published: in खेलकुद by .

एजेन्सी । रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको च्याम्पियन बनेको छ । गएराति भएको खेलमा भिल्लारियललाई २-१ गोलले पराजित गर्दै रियल एक खेल अगावै लिग च्याम्पियन भएको हो ।

रियलको यो इतिहासमै ३४ औं पटक स्पेनिस ला लिगाको उपाधि हो । रियलले लिगको एक खेल बाँकी रहँदा शीर्ष स्थानमा सात अंकको अग्रता बनाउँदै लिग च्याम्पियन बनेको हो ।

घरेलु टोली रियलको जितका लागि दुबै गोल करिम बेन्जेमाले गरेका थिए । खलेको २९ औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाए । उनले क्रोएसियन मिडफिल्डर लुका मोड्रीचको पासमा गोल गर्दै रियलाई पहिलो हाफमा १-० गोलको अग्रता दिलाएका हुन् ।

त्यसपछि दोस्रो हाफमा रियलले एक गोल गर्दा एक गोल खान पुगेको थियो । ७७ औं मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे । ८३ औं मिनेटमा भिल्लरियलका भिसेन्ट इबोर्राले गोल गर्दै खेलमा फर्किने प्रयास गरे । उनले मारिया गास्पारको पासमा गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । तर त्यसपछि थप गोल हुन नसक्दा खेल रियलले जितेको हो ।

जितसँगै रियलले ३७ खेलबाट ८६ अंक जोड्दै दोस्रो स्थानमा रहेको बार्सिलोनालाई सात अंकले पछि पार्दै लिग च्याम्पियन बन्यो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *