Sajhamanch Archive

प्रदेश १ सहित पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

Published: (Updated: ) in प्रदेश तह, समाज by .

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशभर सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा सतर्क रहन विभागले आग्रह गरेको छ ।

यस्तै आज राति देशभर सामान्य बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *