कनकाईका मेयरसाहेबको उदारणीय काम, सवारी साधन किन्ने बजेटले बनाए प्राविधिक शिक्षालय
Published: (Updated: )
by .कनकाई । झापाको कनकाई नगरपालिकाले सवारी साधन खरिदका लागि छुट्याइएको बजेट प्राविधिक शिक्षाका लगानी गरी शिक्षा क्षेत्रमा उदारणीय काम गरेको छ । झापा कै पनि अन्य स्थानीयतहले सवारी साधानमा धेरै खर्च गरी सुविधा भोगी भइरहेका बेला कनकाई नगरपालिकाले सवारी साधन खरिदका लागि छुट्याइएको रकम शिक्षालयमा सदुपयोग गरेको हो ।
गएको आर्थिक वर्ष २०७६÷७७ मा कनकाई नगरसभाले नगरपालिकाको प्रमुख चढ्नका लागि ६० लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो। सो बजेटलाई नगरप्रमुख राजेन्द्र पोखरेलले लाखौँ खर्चेर आफ्ना लागि सवारीसाधन खरिद गर्ने प्रस्ताव अस्वीकार गरी प्राविधिक शिक्षामा लगाइदिए ।
सवारी साधानका लागि बजेट छ्टाइएको थियो । जनताको काम गर्ने मान्छेले सुविधा भोगी हुनुुहँदैन भन्दै प्रमुखले सवारीसाधन किन्न मान्नुभएन,” त्यसपछि गाडी किन्ने बजेट प्राविधिक शिक्षालय स्थापनामा खर्च गरियो, कनकाईकी उपप्रमुख मञ्जु प्रसाइको भनाई छ ।
नगरलाई शैक्षिक हब बनाउने र रोजगारीमूलक शिक्षा प्रदान गर्ने योजनाअनुरूप नगरप्रमुख पोखरेलले नै इञ्जिनियरिङ विषयको पढाइ हुने कलेज खोल्ने प्रस्ताव अघि बढाए। अहिले त्यही सवारीसाधन खरिद किन्ने भनिएको बजेटबाटै शुरू भएको कनकाई पोलिटेक्निक इन्स्टिच्युट सञ्चालनमा छ। नगरपालिकाले गाडी खरिदका लागि विनियोजन भइसकेको ६० लाख रूपैयाँमध्ये ३० लाख रूपैयाँ रकम कनकाई पोलिटेक्निक इन्स्टिच्युट स्थापनाका लागि लगानी गरिएको र अरू रकम साइकल लेन र पुल निर्माणमा छुट्याइएको प्रमुख प्रशासकीय अधिकृत रूद्र न्यौपानेले जानकारी दिए।
कनकाई–७ दुर्गापुरमा सञ्चालित कनकाई पोलिटेक्निक इन्स्टिच्युटमा पहिलो ब्याचमा ४६ जना विद्यार्थी भर्ना भएका थिए। त्यहाँ सिटीइभिटीअन्तर्गत तीन वर्षे डिप्लोमा तहको सिभिल इञ्जिनियरिङ, जियोमेटिक्स इञ्जिनियरिङ र इन्फरमेसन टेक्नोलोजीको पठनपाठन हुँदै आएको छ।
सो इन्स्टिच्युटलाई नगरपालिकाको सहयोग र विश्वविद्यालयको सम्बन्धनमा सामुदायिक साझेदारीमा आधारित इञ्जिनियरिङ कलेजको रूपमा विस्तार गर्ने योजना रहेको नगरप्रमुख पोखरेलले बताए। नयाँ आर्थिक वर्ष २०७७÷७८ मासमेत कनकाई नगरपालिकाले सो इन्स्टिच्युटका लागि ३० लाख रूपैयाँ बजेट विनियोजन गरिसकेको छ।
नगरप्रमुख पोखरेलका अनुसार नगरको वडा नं ५ मा इञ्जिनियरिङ कलेजका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न १६ विगाहा जग्गा लिजमा लिने काम भइसकेको छ।
यो परियोजनालाई नगरको गौरव आयोजनामा समेटिएको छ। े यहाँ अध्ययन गर्ने स्थानीय विद्यार्थीलाई नगरपालिकाले नगरभित्रै रोजगारी दिलाउने गरी काम सुरु गरिएको नगरपालिकाले जनाएको छ । ।‘
Comments