Sajhamanch Archive

नेकपा स्थायी समिति बैठक ३ बजेसम्मका लागि स्थगित

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आजै ३ बजेसम्मका लागि स्थगित भएको छ ।

शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा केन्द्रीय सदस्य सुर्य थापाले केहीबेर अघिमात्रै जानकारी गराएका छन् । ११ बजेको स्थायी समितिका लागि अधिकांश स्थायी कमिटी सदस्यहरु बालुवाटार पुगेका थिए ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफलका लागि समय अभाव भएपछि दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको थापाले जानकारी दिए ।अहिले बालुवाटारमा ओली प्रचण्डबीच वार्ता जारी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *