Sajhamanch Archive

पाँच इन्स्पेक्टरसहित १०३ प्रहरीमा कोरोना, ८१ जना डिस्चार्ज

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । मुलुकका विभिन्‍न जिल्लाका १०३ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । संक्रमितमा पाँच इन्स्पेक्टर, सात सई, सात असई, ३० हवल्दार, ५३ प्रहरी जवान र एकजना कार्यालय सहयोगी छन् । जसमा दुई महिला र १०१ पुरुष छन् ।

तीमध्ये ८१ जना डिस्चार्ज भइसकेका छन् । संक्रमित प्रहरीमा काठमाडौंका ८, भक्तपुरका १, धनकुटाका २, बाराका ७, धनुषाका १०, सर्लाहीका २, सिरहाका ३, सप्तरीका ४, रौतहटका ४, महोत्तरीका २, तनहुँका २, नवलपरासीका ५, बाग्लुङका १, बाँकेका २, कपिलवस्तुका ६, गुल्मीका १, दाङका २ र प्युठानका २ जना छन् ।

यस्तै जुम्लाका २, जाजरकोटका १, दैलेखका १४, सुर्खेतका ८, डोल्पाका २, कञ्‍चनपुरका ४, अछामका २ र बाजुराका ६ प्रहरी गरी १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *