Sajhamanch Archive

गाउँपालिका अध्यक्ष कार्कीमाथि कार्यालयमै छुरा प्रहार

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्थानीय तह by .

विराटनगर। मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि छुरा प्रहार भएको छ।

शुक्रबार कार्यालयमै पटके कर ठेक्का लिएका स्थानीय भवन मल्ल ठकुरीले खुकुरी प्रहार गरेका हुन् । गम्भीर घाइते कार्कीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएको छ । कार्कीको गर्धन र हातमा चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले घटनामा संलग्न ठकुरीलाई पक्राउ गरिएको जनाएको छ । प्रवक्ता डीएसपी मानबहादुर राईले कार्कीलाइ चिकित्सकको निगरानीमा उपचार सुरु गरिएको र घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको बताए ।   मोरङ कांग्रेसका सचिव नागेश कोइरालाले कार्कीलाई नोबेल अस्पतालमा उपचार शुरु गरिएको  जानकारी दिएका छन् ।

आर्थिक वर्ष २०७६/०७७असार मसान्तसम्म गाउँपालिकाको पटके करको ठेक्का लिएका ठकुरी साउन १ गतेदेखि गाउँपालिका आफैंले कर उठाउन थालेको झोंकमा पालिका कार्यालय पुगेर आक्रमण गरेको कोईरालाले बताए ।

स्रोत : बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *