Sajhamanch Archive

थप १०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, २८५ जना डिस्चार्ज

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २८५ जना डिस्चार्ज भएका छन् । योसँगै कूल ११ हजार ५३४ जना डिस्चार्ज भएका छन् ।

विगत २४ घण्टामा २७ वटा प्रयोगशालाबाट ४ हजार ६८८ जनाको पीसीआर परीक्षण भएका छन् । त्यस्तै, क्वारेन्टिनमा २२ हजार ७५६ जना रहेका छन् भने आइसोलेसनमा ५ हजार ८७१ जना रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *