Sajhamanch Archive

प्रधानन्यायाधीशमाथिको सुनुवाइ : समितिकाे बैठक जारी

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौँ ।  प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीबारे निर्णय गर्न बसेको संसदीय सुनवाई समितिको बैठक जारी छ ।शुक्रबार बिहानदेखि सुनुवाइ समितिकाे कार्यालय सिंहदरबारमा बैठक चलिरहेकाे छ।

प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको नाम अस्वीकृत गर्ने प्रक्रियामा सहभागी नहुने चेतावनी दिएपछि संसदीय सुनुवाइ विशेष समितिले बुधबार पनि निर्णय दिन सकेकाे थिएन।

जोशीलाई प्रधानन्यायाधीशका लागि स्वीकार गर्ने/नगर्ने भन्नेमा बुधबार दिनभर दुवै दलका शीर्ष तहदेखि समितिका सदस्यहरूबीच लामो माथापच्ची चलेको थियो ।

समितिको अध्यक्षता गर्दै आएका ज्येष्ठ सदस्य लक्ष्ममणलाल कर्णले प्रक्रिया अघि बढाउने विषयमै सहमति नजुटेपछि शुक्रबारका लागि बैठक सारिएकोथियाे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *