Sajhamanch Archive

एनआईसी बैंकद्वारा चमत्कारिक योजना सार्वजनिक

Published: (Updated: ) in अर्थतन्त्र by .

कमल । एनआइसी बैंकले ग्राहकका लागि विभिन्न चामत्कारिक योजनाहरु सार्वजनिक गरेको छ । बैंकको दमक शाखाले शुक्रबार पत्रकार सम्मेलन गरी आफ्ना योजनाका बारेमा जानकारी गराएको हो ।

पत्रकार मञ्च दमकको सभाहलमा भएको पत्रकार सम्मेलनमा ८ दशमलव २५ प्रतिशत व्याज दर र शून्य दशमलव २५ प्रतिशत प्रशासनिक शुल्कमा एनआईसी एशिया बैंकको घर, सवारी र व्यावसाय कर्जाको आकर्षक योजना सुनाइएको छ ।

“बैक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने नाराका साथ ग्राहकको मन जित्न सफल रहेको दाबी गर्ने सो बैंकले ग्राहकका निम्ति अतुलनीय र असीमित सुविधाहरुले भरिपूर्ण नयाँ योजनाहरु ल्याएको सुनाएको हो ।

बैंकको उपक्षेत्रीय कार्यालय दमकका प्रमुख डेनराज सुब्बाले सुपर चमत्कारिक घर कर्जा, सवारी कर्जा र व्यवसाय कर्जाका योजना बारे पत्रकारहरुलाई जानकारी दिएका हुन् ।

कर्जाको भाका न्यूनतम ५ वर्षदेखि अधिकतम ३० वर्ष समयावधि रहने बैंकले जनाएको छ । कर्जाका लागि एक करोड ५० लाख रुपैयाँसम्म सिमा कायम गरिएको तथा लगानीमा रहेको कर्जाको व्याज एक वर्षसम्म घटबड नहुने प्रमुख सुब्बाले बताए ।

मुलुकभर बैंकका ३२६ शाखा कार्यालय, ४६४ एटिएम, १०१ वटा एक्स्टेन्सन काउन्टर एवम् २१ लाखभन्दा बढी ग्राहक रहेको जनाइएको छ । सो बैंकले मुलुकभरकै सबैभन्दा ठूलो शाखा सञ्जाल आफ्नो भएको बैंकका शाखा प्रमुख सुब्बाले दावी गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *