Sajhamanch Archive

जबरजस्ती करणीमा फरार अभियुक्त पक्राउ

Published: in मिडियाबाट साभार, विविधा, समाज by .

उदयपुर । उदयपुरमा जबरजस्ती करणीमा सजाय पाएका फरार अभियुक्त पक्राउ परेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका वडा नंं.६ जलजले बस्ने ३३ वर्षिय देव राई रहेका छन् ।

उदयपुर जिल्ला अदालतले जबरजस्ती करणी गरेको ठहर गर्दै ५ वर्ष कैदको फैसला सुनाएका थिए । घटना स्थलबाटै फरार प्रतिवादीलाई उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी गोविन्द पुरीले जानकारी दिए ।

उनका अनुसार विशेष सूचनाका आधारमा पक्राउ गरी फैलसा कार्यान्वयन गर्नको लागि उदयपुर जिल्ला अदालत पठाईएको जानकारी दिए ।

स्रोत : पूर्वेली न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *