Sajhamanch Archive

झापाका १३ सहित प्रदेश १ बाट थप २४ जना डिस्चार्ज

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा शुक्रबार कोरोना रोग ठिक भई थप २४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालमा उपचाररत २१ जना, उद्योग वाणिज्य संघ, फुङलिङ ताप्लेजुङ अस्थायी केन्द्रमा उपचाररत २ जना र जिल्ला अस्पताल अस्थायी केन्द्र खोटाङमा उपचाररत १ जना डिस्चार्ज भएकाको हुन् ।

सामाजिक विकास मन्त्रालयले जनाएअनुसार डिस्चार्ज हुनेमा झापाका १३, सुनसरीका ३ जना, मोरङ, पाँचथर र ताप्लेजुङ दुई -दुई तथा खोटाङ र इलामका एक- एक जना छन् ।

प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ७ सय ४४ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *