Sajhamanch Archive

मेचीनगरका थप आठ जनाले जिते कोरोना

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

मेचीनगर । मेचीनगरका कोरोना संक्रमित ४८ मध्ये ४६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

शुक्रबार कोरोना संक्रमित मेचीनगरका आठ जना उपचारपछि निको भएर घर फर्किएका हुन् ।

‘विहीबारसम्म मेचीनगरका १० जना कोरोना भाइरसका संक्रमित थिए । शुक्रबार आठ जना संक्रमित निको भएर अस्पतालबाट घर फर्किएसँगै अब दुई जना मात्र अस्पतालमा उपचारर्थ रहेका छन् ।’

मेचीनगरका ७ वर्षकी बालिकादेखि ५५ वर्षका वृद्धसहित ४६ जनाले कोरोना जितेर डिस्चार्ज भएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *