Sajhamanch Archive

विपन्नका लागि अर्जुनधारामा १७७ घर निर्माण

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्थानीय तह by .

अर्जुनधारा । विपन्न परिवारका लागि सामुहिक आवाससहित अर्जुनधारा नगरपालिकाले एक सय ७७ वटा घर निर्माण गरेको छ ।

अर्जुनधारा नगरपालिका वडा नं.३ झेलेनीमा १५ परिवारका लागि सामुहिक आवास निर्माण गरेको नगरले नगरपालिकाभित्र एक सय ७७ वटा घर निर्माण गरेको हो ।

संघीय सरकार, प्रदेश र स्थानीय तह तथा सामाजिक संघ संस्थासँगको साझेदारीमा विपन्नका लागि घर निर्माण गरिएको नगरपालिकाकी उपप्रमुख कमला खतिवडाले बताइन् ।

उनका अनुसार संघीय सरकारबाट २४ वटा, सहारा नेपाल सहकारी संस्थासंगको साझेदारीमा ३३ वटा, जनता आवास कार्यक्रम अन्तर्गत १५ वटा प्रदेश सरकारको सहयोगमा ३३ वटा नगरपालिका र सहारा नेपालसँगकै साझेदारीमा ३३ वटा र वडा नम्वर ५मा ८ वटा घर निर्माण गरिएको हो ।

पहिरो पीडितका लागि ७ वटा घर निर्माण गरिएको छ । नगरपालिका भित्र २५ घरको छाना समेत फेरिएको उपप्रमुख खतिवडाले बताइन् ।

                                                                                                               स्रोत : विवेचना दैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *