Sajhamanch Archive

साउदी, बहराइन र कतारबाट ८३१ नेपाली स्वदेश फर्किए

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । आज बिहान साउदी अरब, बहराइन र कतारबाट गरी ८ सय ३१ नेपाली स्वदेश फर्किएका छन्। नेपाल एयरलायन्सका तीन वटा र हिमालय एयरलायन्सका दुई वटा विमानमार्फत उनीहरु स्वदेश आएका नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

कामका शिलशिलामा विदेशी भूमिमै ज्यान गुमाएका पाँच जनाको शव पनि ल्याइएको छ। साउदी अरबको रियादबाट नेपाल एयरलायन्सको विमानमा २५८ जना नेपाली बिहान काठमाडौं उत्रिएका हुन्। रियादबाट तीन जनाको शव पनि ल्याइएको छ। बहराइनबाट दुइ वटा उडानमार्फत २ सय ६८ जना आएका प्राधिकरणले जनाएको छ।

कतारको दोहाबाट हिमालय एयरलायन्सको उडानमार्फत १५६ जना र नेपाल एयरलायन्सको उडानमार्फत १४९ जना आएका छन्। कतारबाट नेपाल एयरलायन्सको विमानमा दुईवटा शव पनि ल्याइएको प्राधिकरणले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *