Sajhamanch Archive

सचिवालय बैठक सकिने वित्तिकै ओली र प्रचण्ड शीतलनिवास प्रस्थान

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिने वित्तिकै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतल निवासतर्फ लागेका छन् ।

अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँगै अर्का अध्यक्ष प्रचण्ड पनि शीतल निवासतर्फ लागेको स्रोतले बतायो । प्रधानमन्त्री निवास बालुवाटारमा करिब साढे ४ घण्टासम्म सत्तारुढ नेकपाको सचिवलाय बैठक बसेको थियो ।

सहमतिका आधारमा निकास दिन दुवै पक्ष तयार

आ–आफ्ना अडानमा रहेका नेकपाका दुवै पक्ष सहमतिका आधारमा समस्या समाधान गर्न तयार भएका छन् । शनिबारको सचिवालय बैठकमा सहमतिबाटै निकास निकाल्ने गरी छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका हुन् ।

सहमतिका आधारमा सम्बोधन गरौँ, सहमतिका आधारमा निकास निकालौं’ भन्ने भएको छ । छलफल जारी छ । सचिवालयमा अझै छलफल गरेर पार्टी एकता रक्षा र सुदृढ गर्ने, जनादेशअनुसार काम गर्ने गरी अझै थप छलफल गर्ने निष्कर्ष निकालिएको छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने ।

सचिवालयको बैठकपछि आइतबार ३ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक पनि बस्ने प्रवक्ता श्रेष्ठले बताए । नेकपा बैठक असार १८ यता ५ पटक स्थगित भएर आइतबारसम्मका लागि सारिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *