Sajhamanch Archive

ई.प्र.का. झिलझिलेले लागु गरायो, जोरविजोर प्रणाली

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । सरकारले लकडाउनलाई खुकुलो बनाउँदै सवारी साधनमा जोर विजोर प्राणलीलाई इलाका प्रहरी कार्यालय झिलझिलले कार्यान्वयन गरेको छ ।

इलाका प्रहरी कार्यालय झिलझिले शनिबार जोर नम्बरका गाडीलाई आफु आएकै दिशा तर्फ फर्काएको हो ।

नेपाल सरकारले जेठ अन्तिम देखि लकडाउनलाई केहि खुकुलो बनाएसँगै बजार, पसल तथा सवारि साधनको आवागमन बढेको थियो । सरकारले सवारि साधनलाई जोड विजोड संख्याका आधारमा चल्न दिने भने पनि त्यो खासै झापा लागु भएको थिएन । तर इलाका प्रहरी कार्यालयले एका एक सुरक्षा व्यवस्थालाई कडा बनाउँदै जोर विजोर प्र्र्रणालीलाई लागु गरेको हो ।

इलाका प्रहरी कार्यालयका इन्जार्ज कमल ठाकुरले एम्बुलेन्स, अति आवश्यक अवस्था बुझी, विरामी, औषधी तथा सम्वेदन शिलतालाई हेरेर भएकालाई बुझेर छाडिएको बताए ।

जोर गतेको दिन सवारीको जोर नम्बर र विजोर गतेका दिन विजोर नम्बर सवारी साधन मात्र कुदाइन पाइने इलाका प्रहरी कार्यालय झिलेझिलेले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *