Sajhamanch Archive

इस्टुले सुरु गरेको आन्दोलनप्रति अखिल नेपाल शिक्षक संगठनको एक्यबद्धता

Published: in विविधा, समाज by .

भद्रपुर । प्याब्सन तथा एन प्याब्सनको गैर कानुनी निर्णय बिरूद्ध सस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले सुरू गरेको आन्दोलनप्रति एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन , निजी विद्यालय विभाग झापाले ऐक्यबद्धता जनाएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन निजी विद्यालय विभाग झापाका सम्योजक राजु वरालले प्रेस विज्ञप्ति जारी गर्दै श्रम ऐन तथा नेपालका कुनै पनि कानुनले नगरेको बेतलवी सामुहिक विदा लगायतका गैर कानुनी निर्णय बिरूद्धको युनियनको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन् ।

कोरोना सङ्क्रमणले निजी विद्यालयका शिक्षक, कर्मचारीहरूको दैनिकी जटिल बनिरहेको अवस्थामा प्याब्सन, एनप्याब्सनले साउन १ गते देखि बेतलवी विदा दिने निर्णयप्रति सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको भन्दै अविलम्ब सो निर्णय सच्याउन र निजी विद्यालयका शिक्षक कर्मचारीलाई तलब दिने वातावरण बनाउन माग गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *