Sajhamanch Archive

महिलालाई अर्धनग्न बनाएर दुर्व्यवहार गर्नेविरूद्ध प्रहरीमा उजुरी

Published: in मिडियाबाट साभार, विविधा, समाज by .

पर्सा । पर्साको छिपहरमाई गाउँपालिकाकी एक जना एकल महिलालाई अर्धनग्न बनाएर दुर्व्यवहार गरेको खुलेको छ।

जयमंगलापुरकी ४८ वर्षीया ती महिलालाई अर्धनग्न बनाएर जुत्ताको माला लगाएर गाउँ डुलाएको घटना उनले प्रहरीकोमा उजुरी दिएपछि बाहिर आएको हो।

असार ३१ गते उनलाई दुर्व्यवहार भएको थियो। उनले आफूमाथि कुटपिट र दुर्व्यवहार भएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा आठ जनाविरूद्ध जाहेरी दिएकी छन्।

उक्त घटनामा जिल्ला समन्वय समितिका सदस्यसहित आठ जना सम्लग्न रहेको भन्दै उनीहरूविरूद्ध प्रहरीकोमा उजुरी परेको हो।

ती महिलाको जाहेरीको आधारमा शनिबारसम्म पाँच जनालाई पक्राउ गरिसकिएको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्। अरूको खोजी कार्य जारी रहेको उनले बताइन्। ‘पाँच जनाविरूद्ध मुद्दा पनि चलिसकेको छ,’ उनले भनिन्, ‘थप अनुसन्धान हुँदैछ।’

स्रोत : सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *