Sajhamanch Archive

कुन प्रदेशमा कति पुगे कोरोना संक्रमित ?

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by .

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ। डिस्चार्ज हुनेको संख्या भने ११ हजार ६३७ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या ८२८ जना पुगेको छ भने ७४९ जना डिस्चार्ज भएका छन् । त्यस्तै क्वारेन्टिनमा २ हजार ३९२ जना रहेका छन् भने आइसोलेसनमा ७९ जना रहेका छन् ।

प्रदेश २ मा हालसम्म कोरोना संक्रमितको संख्या ४ हजार ४८३ जना पुगेको छ भने २ हजार ६३३ जना डिस्चार्ज भएका छन् । त्यस्तै क्वारेन्टिनमा २ हजार ३४४ जना रहेका छन् भने आइसोलेसनमा १ हजार ८४४ जना रहेका छन् । प्रदेश २ मा कोरोनाकै कारण पाँच जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ८५२ जना पुगेको छ भने ४३२ जना डिस्चार्ज भएका छन् । त्यस्तै क्वारेन्टिनमा २  हजार ३५ जना रहेका छन् भने आइसोलेसनमा ४११ जना रहेका छन् । बागमतीमा मात्र कोरोनाले नौं जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ३५९ जना पुगेको छ भने ९४६ जना डिस्चार्ज भएका छन् । त्यस्तै क्वारेन्टिनमा ३ हजार ६८७
जना रहेका छन् भने आइसोलेसनमा ४०८ जना रहेका छन् । गण्डकी प्रदेशमा कोरोनाकै कारण पाँच जनाले ज्यान गुमाएका छन् ।

प्रदेश ५ मा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४ हजार १३९ जना पुगेको छ भने ३ हजार ७१५ जना डिस्चार्ज भएका छन् । त्यस्तै क्वारेन्टिनमा ३ हजार ९४५ जना रहेका छन् भने आइसोलेसनमा ४१४ जना रहेका छन् । यो प्रदेशमा १० जनाले ज्यान गुमाएका छन्।

यस्तै, कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८१३ जना पुगेको छ भने १ हजार ४९२ जना डिस्चार्ज भएका छन् । त्यस्तै क्वारेन्टिनमा १ हजार ६४५ जना रहेका छन् भने आइसोलेसनमा ३१७ जना रहेका छन् ।अहिलेसम्म चार जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा भने अहिलेसम्म कोरोना संक्रमितको संख्या ४ हजार २८ जना पुगेको छ भने १ हजार ६७० जना डिस्चार्ज भएका छन् । त्यस्तै क्वारेन्टिनमा ७ हजार २२७ जना रहेका छन् भने आइसोलेसनमा २ हजार ३५२ जना रहेका छन् । कोरोनाकै कारण ६ जनाले ज्यान गुमाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *