Sajhamanch Archive

यी १२ देशमा अझै देखिएको छैन कोरोना भाइरस, छैन कसैलाई रोगको चिन्ता

Published: in विश्व समाचार, स्वास्थ्य by .

काठमाडौं । सन् २०१९ को डिसेम्बरसम्म कोरोना भाइरस चीनमा सीमित देखिएको थियो । तर, त्यसको केही हप्तापछि नै कोभिड–१९ वैश्विक महामारीमा परिणत भयो । यस रोगको संक्रमण १८८ देशमा फैलिसकेको छ ।

जोन होप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार विश्वभर यस भाइरसबाट एक करोड ४२ लाख जना संक्रमित भइसकेका छन् भने ६ लाख बढीले ज्यान गुमाइसकेका छन् । यसमध्ये ७९ लाख भने निको पनि भएका छन् ।

यो भाइरस वैश्विक महामारी बनिरहँदा अझै केही देशमा भने यस भाइरसको संक्रमण देखिएको छैन या देखिएको रिपोर्ट गरिएको छैन ।

ती देशहरुमा किरिबाती, मार्सल आइल्यान्डस, माइक्रोनेसिया, नाउरु, उत्तर कोरिया, पालाउ, सामोआ, सोलोमन आइल्यान्डस, टोङ्गा, तुर्कमेनिस्तान, ताभालु र भानुआतु रहेका छन् । स्रोतः अलजजिरा

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *