Sajhamanch Archive

सार्वजनिक यातायातका समस्या समाधानमा सरकारले सहयोग गर्छ : प्रधानमन्त्री ओली

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि सरकारले आफ्नो सामर्थ्यले सकेसम्म सहयोग गर्ने बताएका छन्।

प्रधानमन्त्री ओलीले कोभिड-१९ को महामारीपछि दैनिक जीवन, अर्थतन्त्र, सेवा र रोजगारीसम्बन्धी सबै क्षेत्र प्रभावित भएको बताउँदै सार्वजनिक यातायात चलाउन र यस क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने बताएका छन्।

कोभिड-१९ को महामारीपछि यातायात सञ्चालनमा देखिएका समस्याबारे ज्ञापनपत्र बुझाउन आएको यातायात व्यवसायी र मजदुर संगठनका नेताहरुको प्रतिनिधिमण्डलसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले महामारीबाट प्रभावित सबै क्षेत्रका समस्या राज्यले हेर्नुपर्ने भएकाले आफ्नो सामर्थ्यअनुरुप समाधानमा अग्रसर रहने बताए।

‘कोभिड-१९ को महामारीपछि सबै क्षेत्र प्रभावित हुन पुगे। जनताको दैनिक जीविका, विकास, अर्थतन्त्र र सेवा, सबै क्षेत्रमा यसको प्रभाव छ,’ प्रधानमन्त्री ओलीले भने, ‘सबै क्षेत्रका समस्या सरकारले समाधान गरिदिए हुन्थ्यो भन्‍ने परिरहेको छ, यस्तो स्वाभाविक पनि हो । सार्वजनिक यातायात सञ्‍चालन गर्न के कस्तो सहयोग गर्न सकिन्छ, सरकारले पहल गर्ने छ।’ संसारभर कोरोना महामारीको संकट आएपछि सरकारको आर्थिक हैसियतमा पनि ह्रास आएको प्रधानमन्त्रीको भनाई थियो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुर संगठनका प्रतिनिधिहरुले प्रधानमन्त्री ओलीसँग भेट गरी आफ्ना समस्या प्रस्तुत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *