Sajhamanch Archive

कुन प्रदेशबाट कति कोरोना संक्रमित डिस्चार्ज भए ?

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

झापा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ। डिस्चार्ज हुनेको संख्या भने ११ हजार ६९५ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या ८३० जना पुगेको छ भने ७५१ जना डिस्चार्ज भएका छन् । त्यस्तै क्वारेन्टिनमा २ हजार २९४ जना रहेका छन् ।

प्रदेश २ मा हालसम्म कोरोना संक्रमितको संख्या ४ हजार ५५१ जना पुगेको छ भने २ हजार ६५९ जना डिस्चार्ज भएका छन् । त्यस्तै क्वारेन्टिनमा २ हजार ६२४ जना रहेका छन् । प्रदेश २ मा कोरोनाकै कारण ६ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ८५६ जना पुगेको छ भने ४२७ जना डिस्चार्ज भएका छन् । त्यस्तै क्वारेन्टिनमा १ हजार ८७५ जना रहेका छन् । बागमतीमा मात्र कोरोनाले नौं जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ३८१ जना पुगेको छ भने ९४८ जना डिस्चार्ज भएका छन् । त्यस्तै क्वारेन्टिनमा ३ हजार ४११ जना रहेका छन् । गण्डकी प्रदेशमा कोरोनाकै कारण पाँच जनाले ज्यान गुमाएका छन् ।

प्रदेश ५ मा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४ हजार १७२ जना पुगेको छ भने ३ हजार ७१५ जना डिस्चार्ज भएका छन् । त्यस्तै क्वारेन्टिनमा ३ हजार ६८८ जना रहेका छन् । यो प्रदेशमा १० जनाले ज्यान गुमाएका छन्।

यस्तै, कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८१४ जना पुगेको छ भने १ हजार ५१४ जना डिस्चार्ज भएका छन् । त्यस्तै क्वारेन्टिनमा १ हजार ५५० जना रहेका छन् ।अहिलेसम्म चार जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा भने अहिलेसम्म कोरोना संक्रमितको संख्या ४ हजार ५४ जना पुगेको छ भने १ हजार ६७१ जना डिस्चार्ज भएका छन् । त्यस्तै क्वारेन्टिनमा ७ हजार २२० जना रहेका छन् । कोरोनाकै कारण ६ जनाले ज्यान गुमाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *