Sajhamanch Archive

म्यानचेस्टरलाई हराउदै चेल्सी एफए कपको फाइनलमा

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । म्यान्चेस्टर युनाइटेडलाई हराउँदै चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको सेमिफाइनल खेलमा युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै चेल्सी फाइनलमा पुगेको हो ।

चेल्सीलाई जित दिलाउन ओलिभर जिरुडले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अग्रता दिलाएका थिए । ४६ औं मिनेटमा मासन माउन्टले गोल गर्दा चेल्सीको अग्रता २-० को पारे ।

खेलको ७४ औं मिनेटमा युनाइटेडका ह्यारी मग्वाएरले आत्मघाती गोल गर्दा चेल्सीले ३-० को अग्रता बनायो ।

८६ औं मिनेटमा बुर्नो फर्नान्डेसले पेनाल्टीमा एक गोल फर्काए । जितसँगै अब चेल्सीले उपाधिका आर्सनलसँग खेल्नेछ । आर्सनल म्यानचेस्टर सिटीलाई २-० ले हराएर फाइनल पुगिसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *