Sajhamanch Archive

संक्रमितको रेकर्ड फेरि तोडियो: एकैदिन विश्वभर २ लाख ६० हजार संक्रमित थपिए

Published: in विश्व समाचार, स्वास्थ्य by .

काठमाडौं । ​पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ६० हजार संक्रमित थपिएका छन्। विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ ० का अनुसार एकैदिन भेटिएका संक्रमित संख्याको रेकर्ड हालसम्मकै बढी हो ।

जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर अहिलेसम्म ६ लाख ४ हजार ७२५ जना कोरोना संक्रमितको ज्यान गएको छ। अमेरिकामा मात्रै १ लाख ४० हजार ४७४ जना संक्रमितको मृत्यु भएको छ। यो संख्या विश्वभर ज्यान गुमाउने संक्रमितको एक चौथाई हो।

भारतमा मात्रै यो अवधिभित्र ३८ हजार ९०२ जना संक्रमित भेटिएका छन्। त्यहाँ एकैदिन ५४३ जनाको मृत्यु भएको छ। महामारीबाट बढी चपेटामा फसेका देशहरुको सूचीको तेस्रो स्थानमा रहेको भारतमा अहिलेसम्म १० लाख ७७ हजार ७८१ जना संक्रमित फेला परेका छन् भने २६ हजार ८१६ जना संक्रमितको ज्यान गएको छ।

त्यस्तै, विश्वभर अहिलेसम्म १ करोड ४४ लाख ३८ हजार ८३८ जना संक्रमित पहिचान गरिएको छ। अमेरिका, ब्राजिल र भारतमा अन्यत्रभन्दा धेरै संक्रमित भेटिएको छ। कोरोना महामारी नियन्त्रणमा दक्षिण अमेरिकी मुलुक क्युबा निकै सफल देखिएको छ। त्यहाँका स्वास्थ्य अधिकारीहरुले अहिलेसम्म समुदायस्तरमा महामारी नफैलिएको र स्थानीय संक्रमणका एउटै मामिला पनि फेला नपरेको जनाएका छन्। पछिल्लो २४ घण्टाभित्र त्यहाँ एकजना संक्रमित फेला परेको, तर उनी अन्य मुलुकबाट क्युबा पुगेको जनाइएको छ।

बंगलादेशमा कोरोना परीक्षण गर्दा घोटाला भएको पाइएपछि त्यहाँको सरकारले संक्रमितको संख्या ५० प्रतिशतले घटाइदिएको छ। संक्रमण परीक्षणमा लापरबाही गरेको पाइएपछि राजधानी ढाकास्थित एक अस्पतालका प्रमुखसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। यी मानिसहरुले स्वास्थ्य परीक्षण नै नगरी मानिसहरुलाई संक्रमण नभएको भनी झुठो प्रमाणपत्र दिने गरेको खुलेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *