Sajhamanch Archive

आज साउन महिनाको पहिलो सोमबार , शिवको पूजा गरिदै

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौँ । साउन महिनाको पहिलो सोमबार भवगान शिवको विशेष पूजा आराधना गरी शिवभक्तहरुले वर्त बसेर मनाउँदै छन् । यो वर्ष कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले लागु गरेको लकडान केही खुकुलो भए पनि मठ मन्दिर बन्द नै रहेकाले दर्शनार्थी शिवालयहरुमा निकै कम गएका छन् ।

तर बिहानैदेखि चोखो भएर शिवको विशेष आराधना भने भइरहेको छ । साउन महिनाको सोमबारलाई शिव भगवानको व्रत बस्नका लागि सर्वोत्तम दिन मानिन्छ । सूर्य मिथुन राशीबाट कर्कट राशीमा प्रवेश गरेर दक्षिणायन सुरु भएको महिना साउन भगवान शिवको प्रिय महिना मानिन्छ । भगवान शिवले सूर्य र चन्द्र दुवैलाई धारण गर्नु भएकाले चन्द्रशेखर पनि भनिन्छ । चन्द्रशेखर भगवान शिवका हजार नाममध्ये एक हो ।

भगवान शिवको प्रिय महिना साउन र बार सोमबार भएकाले यस दिन व्रत गरी पूजाआजा गर्ने एवं नदी, ताल, तलाउलगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने परम्परा रहेको छ । यसो गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । तर यो वर्ष अधिकांश व्रतालूले घरमै बसेर आराधना गर्ने छन् । साउने सोमबारको व्रत दाम्पत्य जीवन, पारिवारिक एवं सन्तान र परिवारको कल्याण तथा सुख शान्तिका लागि पुरुष महिला दुवैले गर्नुपर्ने शास्त्रीय वचन रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *