Sajhamanch Archive

कनकाईको बाढी गाउँ पसेपछि ४० झापाका परिवार विस्तावित

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी। अविरल बर्षाका कारण कनकाई नदिमा आउको बाढी पसेपछि झापा गाउँपालिका ४० भन्दा बढि परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

कनकाई नदिमा लगाइएको बाँध तोडेर नदि गाउँ पसेको हो । झापा गाउँपालिका १ का ४० परिवारलाई उद्धनर गरी स्थानीय सितुमारी प्राविमा राखिएको  छ ।

उद्धार गरिएको परिवारलाई खानपानको व्यवस्थापन वडा कार्यालयबाट भइरहेको बताएको छ । उनीहरुको स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिले उद्धार गरेका थिए ।

लगातारको वर्षाले झापा गाउँपालिकाको मिलन वस्ती, सडकबारी र लसुनगञ्ज डुवानमा परेको छ । जोखिमलाई मध्यनजर गरेर मिलन वस्तीका नागरिकलाई उद्धार गरिएको बताइएको छ । सडकबारीका सर्वसाधारणलाई आफन्तकै घरमा बस्ने वातावरण मिलाइएको छ ।

स्थानीय रुपक राजवंशीका अनुसार खोलाको बहाव झनै बढ्दो क्रममा छ । उनले सडकबारी धेरे जोखिममा रहेको जानकारी दिए ।भइरहेको बर्षासंगै कन्काई नदीमा आज साँझ ६ बजेपछि पानीको सतह उच्च भएको छ ।

नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले सामाजिक सञ्जाल फेसबुकमा त्यस्तो औंल्याउँदै सम्बन्धित क्षेत्रका सर्वसाधारणमा सचेत रहन आग्रह गरेका छन् ।

कनकाई नदीको बाढीले जनताको तटबन्धनमा समेत बाढीले क्षति पुरयाएपछि सर्वसाधारण विस्थापित हुन थालेका छन् । हाल सम्ममा डुबानमा परेका १६ घरपरिवारका करिब ७० जना स्थानियलाई सशस्त्र प्रहरी बल बिओपी टाघनडुब्बा, इलाका प्रहरी कार्यालय कुमरखोदको टोलीले स्थानियसंगको सहकार्यमा उद्दार गरेर लक्ष्मी प्राबीमा अस्थाई बसोबासको व्यवस्था मिलाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *