Sajhamanch Archive

कोसी ब्यारेजका ४६ वटा ढोका खोलियो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

विराटनगर । अविरल वर्षाका कारण पहाडी क्षेत्रबाट बगेर आउने सहायक नदीमा बाढी आएपछि सप्तकोशीमा पानीको वहाव बढेको छ । सप्तकोशीमा पानीको बहाव बढेसँगै सप्तरी र सुनसरीको सिमानामा अवस्थित कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको छ ।

जलस्तर बढेर बाँध भत्काउने र वस्तीमा पस्ने खतरा भएसँगै ढोका क्रमशः खोलिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । पानीको बहाव र त्यसको चापले नहरमा क्षति पुग्न सक्ने देखिएपछि पूर्व र पश्चिम नहरका ढोका भने बन्द गरिएको छ । पानीको बहाव थेग्न नसकेर नहर भत्किन सक्ने भएकाले नहरका ढोका बन्द गरिएको हो ।

आज गरिएको मापनअनुसार सप्तकोशीको ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९९० क्युसेक पुगेको छ । ब्यारेज प्रशासनका अनुसार सप्तकोशीमा २ लाख क्युसेक प्रतिसेकेन्डभन्दा पानीको वहाबको स्तर माथि पुगे खतरा मानिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *