Sajhamanch Archive

कोरोनाले मृत्यु हुनेको संख्या ६ लाख १३ हजार नाघ्यो

Published: in विश्व समाचार, स्वास्थ्य by .

एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख नाघेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख १३ हजार ३४० पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ भने दोस्रोमा ब्राजिल छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोना भाइरसका कारण हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ४८ लाख ५७ हजार ७५५ जना रहेका छन् कोरोना जितेर ८९ लाख ११ हजार १९४ डिस्चार्ज भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *