Sajhamanch Archive

खोपले सकारात्मक परिणाम देखाएपनि यात्रा अझै बाँकी छ : डब्ल्यूएचओ

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by .

कोरोना भाइरसविरुद्धको खोपको विषयमा सकारात्मक परिणाम पाएपछि पनि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अझै लामो यात्रा बाँकी रहेको बताएको छ ।

डब्ल्यूएचओको आपतकालीन कार्यक्रमका निर्देशक डाक्टर माइक रेयानले कोरोना भाइरसको भ्याक्सिन विकास गरेको अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाई दिँदै खोपको विषयमा सकारात्मक परिणाम देखिएपनि अहिले लामो यात्रा तय गर्न बाँकी रहेको बताएका हुन् । उनले संसारमा व्यापक ट्रायल हुनुपर्ने आवश्यकता रहेको कुरामा जोड दिएका छन् ।

बीबीसीका अनसुसार डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले कुनै पनि सफल भ्याक्सिन बनेमा सबैको पहुँचमा हुनुपर्ने बताएका छन् । थुप्रै देशमा खोपलाई विश्वमा सार्वजनिक गर्ने सेवाको रूपमा हेरिरहेका छन् भने कुनै देश उल्टो दिशामा गइरहेको बताइएको छ ।

उनका अनुसार आम सहमति हुन नसकेको खण्डमा खोप पैसा नभएका गरिबहरूले नभएर पैसावालाहरूले मात्रै पाउने छन् । खोपमाथि अनुसन्धान चलिरहेका बेलामा धेरैको जीवन बचाउनुपर्ने हुन्छ ।

कोरोनाको विषयमा हालसम्म संसारभरि २३ भ्याक्सिनमाथि काम चलिरहेको छ । कोरोना भाइरसको उपचार खोज्ने दिशामा धेरै खोपहरूमा काम भइरहेको राम्रो रहेको डब्लुएचओको भनाइ छ । एजेन्सी।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *