Sajhamanch Archive

कोरोना नियन्त्रणमा विर्तामोड नगरपालिकाले १ करोड ५४ लाख बढी र भद्रपुरको १ करोड ३८ लाख बढी खर्च

Published: in समाज, स्थानीय तह by .

बिर्तामोड । विर्तामोड नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रयणमा गरिएको खर्च सार्वजनिक गरेको छ ।

बिर्तामोड नगरपालिकाले कोरोना नियन्त्रणमा लागि १ करोड ५४ लाख २३ हजार १ सय ५५ रुपैयाँ ३२ पैसा खर्च गरेको सार्वजनिक गरेको हो । यो खर्च असार मसान्तसम्मको हो । क्वारेन्टाइन व्यवस्थापन, खाद्यन्न, २ वटा एम्बुलेन्स सञ्चालन, मर्मत खर्च, स्वास्थ्य सामग्री खरिद र विपन्नलाई राहत वितरणमा उक्त रकम खर्च गरेको बिर्तामोड नगरपालिकाले जनाएको छ ।

त्यस्तै भद्रपुर नगरपालिकाले विपद् व्यवस्थापन कोष बनाएर कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा खर्च गरेको छ । सो नगरपालिकाले असार मसान्तसम्म विभिन्न क्षेत्रबाट प्राप्त सहयोग १ करोड ३८ लाख ३६ हजार ७ सय ४० रुपैयाँ २३ पैसाबाट खर्च गरेको जनाएको छ ।

हालसम्म नगरपालिकाले ५६ लाख ४३ हजार २ सय ८५ रुपैयाँ ६८ पैसा खर्च गरेको छ । क्वारेन्टाइन व्यवस्थापनमा ( मेची अञ्चल अस्पताल सहित ) ८ लाख ५८ हजार ५१९ रुपैयाँ ६८ पैसा, स्वास्थ्य सामग्री व्यवस्थापन खर्च ११ लाख ८२ हजार २६६, राहत वितरणका लागि वडा कार्यालयहरुमा हस्तान्तरण गरिएको ३६ लाख, २ हजार ५ सय २० रुपैयाँ खर्च भएको छ । नगरपाकिाले सो कोषमा ८१ लाख ९३ हजार ४ सय ५४ रुपैयाँ ५५ पैसा मौजदात छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *