इनार सफा गर्ने क्रममा घरधनीसहित तीन जनाको मृत्यु
Published: (Updated: )
by .काठमाडौँ । काठमाडौँको कपुरधारामा इनार सफा गर्ने क्रममा तीन मजदुरको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका, २६ कपुरधारास्थित मघवर्ण गौतमको घरको इनार सफा गर्ने क्रममा शुक्रबार इनारमा डुबेर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा घरधनी गौतमसहित भारत हाजिरपुरका ३६ वर्षिय अशोककुमार, कैलाली टिकापुरका २३ वर्षिय रमेश चौधरी रहेका छन् ।
इनारमा डुबेका मेघवर्ण र अशोकको ग्रिनसिटी अस्पताल बसुन्धारामा र रमेशको ग्राण्डी अस्पताल धापासीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Comments