Sajhamanch Archive

भदौ १ देखि विद्यार्थी भर्ना खुला गर्ने सरकारको निर्णय

Published: in राष्ट्रिय समाचार, शिक्षा by .

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थगित विद्यार्थी भर्ना र परीक्षा १ भदौदेखि सञ्चालन गर्न पाइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ गर्न दिने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताए ।

तर यसरी भर्ना र परीक्षा सञ्चालन गर्दा जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड भने अनिवार्य रुपमा पालना गर्नुपर्ने मन्त्री खतिवडाले जानकारी दिए । विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र जस्ता शैक्षिक संस्थाहरू भने अर्को सूचना प्रकाशित नभएसम्म खोल्न नपाइने मन्त्रिपरिषद् बैठकको निर्णय छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *