Sajhamanch Archive

७७९ जना नेपाली घर फर्किए

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । मंगलबार चार्टर्ड उडानमार्फत ७७९ जना नेपाली घर फर्किएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार मंगलबार कुल ११ उडान-अवतरण भएका छन् ।

त्यसमध्ये हिमालय एयरलाइन्सले दमामबाट २१४ यात्रु लिएर काठमाडौं आएको छ । हिमालयले रियादबाट १ सय ४८ जनालाई घर फर्काएको छ । यो जहाज रियाद उड्ने बेला एक जना यात्रु थिए ।

मालिन्दो एयरले क्वालालाम्पुरबाट १ सय ५३ जना यात्रुलाई काठमाडौं ल्याएको छ । मंगलबार नेपाल एयरलाइन्सको जहाज क्वालालाम्पुरबाट ४७३ केजी कार्गो बोकेर काठमाडौं आएको छ । मंगलबार रियादबाट ५, दमामबाट २ र क्वालालाम्पुरबाट एक वटा शवसमेत काठमाडौं ल्याइएको छ ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *